
कैलाली बर्दगोरिया गाउँपालिका वडा नम्बर २ स्थित सहयोगी हातहरू नेपाल संस्थाले सञ्चालन गरेको सहारा घरलाई एक करोड ५० लाख रुपियाँ सहयोग प्रदान गरिएको छ । सहारा घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रिय योजना आयोगले उक्त सहयोग प्रदान गरेको हो । सो संस्थाले सडकमा अलपत्र परेका, मानसिक रोगी, बेसहारा तथा असाहय नागरिकलाई सहारा दिँदै आएको छ ।
स्थानीय बलबहादुर विष्टले २०७० सालदेखि सञ्चालनमा ल्याउनुभएको सहारा घरमा मानसिक रोगी तथा असाह्य बालबालिका गरी एक सय जनाभन्दा बढीले आश्रय पाइरहेका छन् । देश तथा विदेशबाट उपलब्ध व्यक्ति तथा सङ्घ संस्थाको सहयोगबाट सहारा घर सञ्चालन हुँदै आएको छ । सरकारले पहिलो पटक यति ठुलो सहयोग गरेपछि साच्चै नै राम्रो काम गरेको अनुभूति भएको सहाराका सञ्चालक विष्टले बताए ।


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:38
2025/02/13, 5:07