
कञ्चनपुरमा युवतीसंगै नहरमा हाम फालेका युवक मृत फेला परेका छन्। शुक्रबार बिहान ११ बजे जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १ भाँसीमा युवतीसंगै हाम फालेका भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामका २३ वर्षीया राकेश चौधरी मृत फेला परेका हुन । उनी नेपाली सेनामा कार्यरत थिए ।

हाम फालेको ठाउँभन्दा एक किलोमिटर पर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले बताए । चौधरीले महुलियाकी १९ वर्षीया रेनु चौधरीसंगै नहरमा हाम फालेका थिए । स्थानीयले उनीहरुलाई हाम फाल्न देखेपछि युवतीको उद्धार गरेका थिए । उनीहरु दुवै जनाबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । युवती ओभरसियर अध्ययन गर्दै आएका थिईन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34