कैलाली प्रहरीमा शिवशिखरविरुद्ध धमाधम उजुरी, ३५ सय बढी पीडितले दिए निवेदन
2023/10/02, 8:01
 
ss

शिवशिखर सहकारी संस्थाले आफूहरुलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा ३५ सय बढी पीडितले उजुरी दिएका छन् । कैलालीको धनगढीस्थीत कैलालीपुलमा रहेको शिवशिखर तथा प्रदेशको मुख्य कार्यालय समेत रहेको उक्त सहकारीबिरुद्ध ३ हजार ५ सय बढी पीडितले उजुरी दिएका हुन्।

उजुरी दिएकाहरुको करोड भन्दा बढी रुपैयाँ ठगिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दका अनुसार दैनिक उजुरी आउनेक्रम निरन्तर रहेको बताएका छन् । अहिले उजुरी लिने काम मात्रै भएको र थप प्रकृयाका लागि पछि केन्द्रबाट आउने आदेश अनुसार हुने उनको भनाई छ। यस्तै प्रहरीले शिव शिखर बहुउदेश्यीय सहकारी संस्था बिरुद्ध पीडितले जाहेरी ९दरखास्त० पेश गर्न आह्वान गरेको र हाल दैनिक उजुरी संकलन भैरहेको डिएसपी चन्दले बताए।

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखामा सक्कलै पासबुक, शेयरको प्रमाण पत्र, सक्कलै नागरिकता तथा निवेदनका साथ पेश गर्न छुट भएका बालबालिकाको जन्मदर्ताको प्रतिलिपी यथस्ठ प्रमाणसहित पिडीतले उजुरी दिन सक्ने डिएसपी चन्दले बताए । बचतकर्ताको अर्बौ निक्षेप संकलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध सुदूरपश्चिमका चार जिल्लाका बचतकर्ताले प्रहरीमा कागजात पेश गरेका छन्।

उजुरीकर्ताको कागजका आधारमा शिवशिखरको शाखा रहेको कैलालीको धनगढी, अत्तरीया र लम्की, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात संकलन गरिरहेको छ । उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको र रकम हिनामिनालगायत विषयमा जाहेरी दिन बचतकर्तालाई सार्वजनिक रूपमै सूचना जारी गरिएपछि प्रहरी कार्यालयमा कागजात पेस गर्नेको भीड लागेको छ।कैलालीको अत्तरीया स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सेवा केन्द्र सिल गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको परिपत्रअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले सोमबार सो सहकारीको सेवा केन्द्र सिल गरेको हो।कैलालीमा सहकारीको ३ वटा सेवा केन्द्र रहेको थियो । धनगढी, अत्तरिया र लम्कीमा सेवा केन्द्र रहेको हो।भक्तुपरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका देशभर ३५ जिल्लामा शाखा रहेका छन्। शिवशिखर सहकारीबाट कोही ठगिएको भए जाहेरी दिन गएको जेठ ६ गते सार्वजनिक सूचना गरिएको थियो। सूचनामा हदम्याद तोकिएको छैन। बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परीसकेका छन्।