
मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर भूकम्पका ६ झट्का महसुस गरिएको छ । पहिलो झट्का २ बजेर ४० मिनेटमा महसुस गरिएको थियो ।

जसको तीव्रता ५.३ रेक्टर स्केल थियो । त्यसपछि ३ बजेर ६ मिनेटमा शक्तिशाली भूकम्प गयो । यो ६.३ रेक्टर स्केलको थियो । भूकम्पको दोस्रो झट्काले बझाङमा क्षति पनि पुर्याएको छ ।
यसपछि पनि बझाङ केन्द्रबिन्दु बनाएर लगातार भूकम्पका झट्का महसुस गरिएको छ । ३ बजेर ४५ मिनेटमा ४.१, ४ बजेर ३१ मिनेटमा ४.३ र ५ बजेर १९ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुदूरपश्चिमको सबे जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/06, 1:38
2025/02/13, 5:07