धनगढीको विपिन स्टेसनरी विरुद्ध प्रशासनमा उजुरी 
2023/10/03, 7:45
 
ss

धनगढीको विपिन स्टेसनरी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ। बाजुराको बुढीगङ्गा नगरपालिका वडा नम्बर ९ की मनिषा शाहीले ठगी गरेको भन्दै उजुरी दिएकी हुन्। शाहीले गत साउन २५ गते निम्न माध्यमिक तहको शिक्षक लाइसेन्सको फाराम भर्न पैसा बुझाएको तर विपिन स्टेसनरीले फाराम नभरेकाले ठगी गरेको भन्दै उजुरी दिएकी हुन्।

साउनमा  लाइसेन्सको फाराम भरेको तर सोमबार  प्रवेश पत्र ल्याउन जाँदा प्रवेश पत्र नमिलेपछि शाहीले स्टेसनरी सञ्चालक विरुद्ध उजुरी दिएको बताइन्। कात्तिक १८ निम्नमाध्यमिक तहको शिक्षकको लाइसेन्सको परीक्षाको मिति भए पनि विपिन स्टेसनरीले शाहीको फारामको शुल्क नबुझाएकाले प्रवेश पत्र नआएको हो।

विपिन स्टेसनरी सञ्चालक सन्तोष उप्रेतीले यो वर्ष ६ सय बढीको फाराम भरेको भए पनि शाहीको भौचर लगाउन छुटेकाले समस्या आएको बताए। उनले आफ्नो तर्फबाट गल्ती भएको स्वीकार गरेका छन् भने शाहीले पनि फाराम भरिएको नभरिएको विषयमा भेरिफाइ नगर्दा दोब्बर दस्तुर तिरेर फाराम भर्ने म्याद गएको बताए।