बझाङ भूकम्पका पीडितलाई निशुल्क उपचार, क्षतिपूर्ति र राहत दिने सुदूरपश्चिम सरकारको निर्णय
2023/10/04, 2:03
 
ss

हिजो दिउँसो बझाङको तल्कोट केन्द्र बनाएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकमा सरकारले खाद्यान्न, उपचारदेखि क्षतिपूर्ति सम्मको व्यवस्था गर्ने जनाएको हो ।

उद्योग पर्यटन तथा तथा वातावरण मन्त्री रमेश धामीले भने, ‘भूकम्प पीडितलाई खाद्यान्न उपलब्ध गराउने र क्षतिपूर्ति दिने निर्णय भएको छ । सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने छ ।’ भुकम्पले पुर्याको क्षतीको निषयमा सुदूरपश्चिमप्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री, मन्त्रीसहित सुरुक्षाकर्मी, रेडक्रस, युएन एजेन्सी सहितको बैठक बसेको हो । बैठकमा सभामुख भिम भण्डारी पनि उपस्थित थिए ।

घाइतेहरुको तदारुकताका साथ उपचार गर्ने, क्षति भएका भौतिक संरचनाको क्षतिको एकिन विवरण सकलन गर्ने, सुख्खा पहिरो गएर अबरुद्ध भएको सडक तत्काल संचालनमा ल्याउन तथा पीडितहरुलाई क्षतिपूर्ति र राहतको उचित व्यवस्थापन गर्न, भत्किएका घरहरुका मानिसहरुलाई तत्काल खान , बस्न र पुनर्स्थापना गर्न तदारुकताका साथ लाग्न सबैलाई आग्रह गर्ने निर्णय गरिएको मन्त्री धामीले बताए ।

मंगलबमर ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भुकम्प जाँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । भुकम्पले बझाङ सहित आसपासमा गरि सयौं घरमा क्षति पुगेको छ ।