
पाँच महिनादेखि रोकिएको धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हुने उडान पुनः सुचारु भएको छ । गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको हो ।

समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बिहीबारदेखि नियमित उडान सुरु गरिएको जानकारी दिए । उनकाअनुसार अबदेखि तीनै जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुनेछ । खड्काले प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम उडान गरिने बताए ।
समिट एयरले धनगढी–बझाङको भाडादर ७ हजार रुपैयाँ कायम गरिएको जनाएको छ । बाजुराको भाडादर ७ हजार ५ सय र अछामको भाडादर ५ हजार कायम गरिएको छ । समिट एयरले धनगढीदेखि बझाङ २२ मिनेट, अछाम १७ मिनेट र बाजुरा २८ मिनेटको उडान अवधि रहने जनाएको छ ।

2025/05/23, 12:33
2025/05/23, 12:31
2025/05/23, 12:30
2025/05/23, 12:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/21, 12:46
2021/08/16, 2:18
2022/05/29, 5:48
2023/08/11, 7:24