कैलालीको गोदावरीका प्रमुख प्रशासकीय अधिकृत चड्ने गाडी दुर्घटना
2023/10/06, 12:18
 
ss

कैलाली गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चड्ने गाडी दुर्घटना भएको छ। गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले चड्ने गाडी दुर्घटना भएको हो।

प्रमुख प्रशासकीय अधिकृत भट्टले बिहिवार राति बा १६ च ८७८८ नम्बरको गाडी दुर्घटना भएको बताए। गाडी खमौरामा दुर्घटना भएको हो। गाडीको अगाडीको भागमा क्षति पुगेको छ। चालक विक्रम चौधरीले गाडी सडक किनारको घरमा ठोकेका हुन्। उनले सडकमा सामुदायिक पशु भएका कारण गाडी घरमा ठोक्किएको बताएका छन्।

भट्टले भने, ‘गाडीमा म थिएन। राति दुर्घटना भएको रहेछ। सडकमा गाई भएकाले घरमा ठोक्किएको हो।’ तर, स्थानीयले चालकले मादकपदार्थ सेवन गरेको आरोप लगाएका छन्। उक्त निजि गाडी चालककी श्रीमती बिरामी भएकाले गाडी नगरपालिकाका चालकले बिहिवार चलाएका थिए।

चौधरीको घरसमेत खमौरा हो। उक्त निजि गाडीलाई नगरपालिकाले दैनिक तीन हजार भाडा दिने गरी प्रयोगमा ल्याउँदै आएको थियो। मासिक ९० हजार प्रमुख प्रशासकीय अधिकृत सवार गाडीमा नगरपालिकाको खर्च हुँदै आएको छ। एक वर्षमा १० लाख ८० हजार खर्च हुँदै आएको उक्त गाडी दुई वर्षदेखि नगरपालिकाले भाडामा लिएको छ।