बझाङमा फेरि ५.३ रेक्टरको भूकम्प
2023/10/07, 12:59
 
ss

सुदूरपश्चिम प्रदेशको बझाङमा भूकम्प गएको छ । आज (शनिबार) बिहान ११ः४५ बजे बझाङको भातेखोला केन्द्रबिन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन ।

यसअघि शुक्रबार राति बझाङको चैनपुर केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएको थियो ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.३ तथा राति १२ः२३ बजे पुनः चैनपुर केन्द्रबिन्दु भएर ३. ९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

असोज १६ गते अपराह्न २ः४० बजे बझाङको तलकोट केन्द्रबिन्दु भएर ५. ३ रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रो पटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ रेक्टरस्केल, ३ः१३ बजे चैनपुर केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केल, ३ः४५ बजे सुरमा केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । 

उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए ।