धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले देशकै ठूलो होल्डीङ्ग सेन्टरको ब्यबस्थापन धनगढी उप–महानगरपालिकाले गरेको बताएकी छन् ।
धनगढी उप–महानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ कैलाली शाखाले आयोजना गरेको कोभिड–१९ पत्रकारीता अभिमूखीकरण कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले सो कुराको जानकारी दिएकी हुन ।
कोरोनाको महामारी पछि भारतबाट भित्रीरहेकाहरुलाई सुरुको ब्यबस्थापन गर्ने ठाउँलाई होल्डीङ्ग सेन्टर भनिन्छ उप–प्रमुख भट्टले भनिन्, कैलालीको त्रिनगरभन्सार नाका भएर भित्रीहरेका हजारौ ब्यक्तिहरुलाई नवदुर्गा माध्यमिक विद्यालयमा स्थापना गरेको होल्डीङ्ग सेन्टरमा राखेर ब्यबस्थापन गरेर पठाएका छौं । सुदूरपश्चिम प्रदेशका मात्रै नभएर देशभरीका ब्यक्तिहरुको सुरुको ब्यबस्थापन यहीबाट गरिरहेका छौं । भारतबाट भित्रीहरेकाहरुलाई खानापानी खुवाउनेमा थुप्रै मनकारीहरुले सहयोग गरिरहेका छन् उप–प्रमुख भट्टले भनिन्, यसमा पत्रकारहरुको पनि योगदान रहेको छ । सुरुमा धनगढी उप–महानगरपालिकाले त्रिनगर भन्सार नाकामै हेल्थडेस्क राखेर काम गरेको थियो उप–प्रमुख भट्टले भनिन्, महिलाका लागि छुट्टै क्वारेन्टीन र आफ्नो छुट्टै आईसोलेशन स्थापना गरेर कोरोना संक्रमितको उपचार र उद्धार हामीले गरिरहेका छौं ।
एक अर्को प्रशंगमा बोल्दै उप–प्रमुख भट्टले अन्य क्षेत्र भन्दा पत्रकारिता जगत कोरोनाको मारमा बढी परेको बताईन । श्रमजिवी पत्रकारहरुको जागिर नै धरापमा परेको कुरा छ त्यसैले तीनै तहका सरकारहरु यसमा गम्भीर हुनुपर्छ । केही गलत ब्यक्तिका कारण सिंङ्गो पत्रकारीता क्षेत्र बदनामीत हुन नदिन उप–प्रमुख भट्टले आग्रह गरिन । पत्रकारीता यस्तो गर्नुहोस जसले तपाईको मात्रै होईन ती ब्यक्तिका कारण मिडिया हाउसको पनि ख्याती बढोस ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश महासचिव योगश रावलले कोरना महामारीका कारण पत्रकारहरु बेरोजगार बन्ने अवस्था सिर्जना हुन थालेको बताए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दिलबहादुर छत्यालले पत्रकारीता क्षेत्र जटिल अवस्थामा आईपुगेकाले तीनै तहका सरकारले पत्रकारको पेशागत सुरक्षाका लागि कार्यक्रम ल्याउनुपर्ने बताए । कार्यक्रम पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत सावदको अध्यक्षता भएको छ ।