
सरकारले बझाङ भूकम्पमा परी निधन भएका व्यक्तिको परिवारलाई आर्थिक सहयोग स्वरूप तत्काल दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि बझाङ पुगेका प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

गत मंगलवार गएको भूकम्पमा एक जनाको निधन भएको थियो । सरकारले भूकम्पमा परी घाइते हुनेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको घोषणा पनि गरेको छ ।
भूकम्प प्रभावितलाई राहत सामग्रीहरू पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन गरिएको भन्दै सरकारले थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने जनाएको छ ।

2025/05/25, 1:17
2025/05/25, 1:10
2025/05/25, 1:08
2025/05/25, 1:07
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 5:44
2020/10/19, 2:27
2021/04/20, 12:43
2021/11/03, 6:55
2022/10/11, 1:05