सुदूरपश्चिमका १२ स्थानीय तहले विद्युत् महसुल तिरेका छैनन्
2023/10/08, 12:01
 
ss

नेपाल विद्युत् प्रधिकरणले सुदूरपश्चिमका १२ स्थानीय तहले विद्युत् महसुल नतिरेको जनाएको छ। सडक बत्तीका लागि विद्युत् उपभोग गरेका स्थानीय तहले महसुल भने नतिरेको प्राधिकरणले जनाएको हो ।

महसुल नतिर्नेमा धनगढी उपमहानगरपालिकासहित १० नगरपालिका  र एक गाउँपालिका रहेको छ । शहरी तथा बस्ती भएको क्षेत्रमा पालिकाहरुले सडक बत्ती जडान गर्दै आएका छन्। त्यसबापत उठ्ने विद्युत् महसुल पालिकाहरुले विद्युत् प्राधिकरणलाई भुक्तान गर्नुपर्ने हुन्छ। 

सडक बत्ति जडान गरेवापतको रकम सबैभन्दा बढी भुक्तान गर्न बाँकी धनगढी उपमहानगरको रहेको छ । धनगढी उपमहानगरले १० करोड ५७ लाख ३० हजार तीन सय ८६ रकम तिर्न बाँकी रहेको छ ।  यस्तै कैलालीकै टीकापुर नगरपालिकाले नौ करोड बढी रकम भुक्तान गर्न बाँकी रहेको छ ।

प्राधिकरणले आज ९आइतबार० सार्वजनिक सूचना प्रकाशित गर्दै अबको ४५ दिनभित्र सडक बत्ती बापतको बक्यौता रकम भुक्तानी गर्ने भनेको छ। ४५ दिनभित्र बक्यौता भुक्तानी नगरिए विद्युत् महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही हुने प्राधिकरणले जनाएको छ।