रक गायक धनगढीका चेतनको हाम्रो बारेमा बोलको गीत सार्वजनिक (भिडियो सहित)
2023/10/10, 1:11
 
ss

रक संगीतमा लागेका गायक धनगढीका चेतन शाही ठकुरीको हाम्रो बारेमा बोलको गीत सार्वजनिक भएको छ । हिन्दुहरुको महान पर्व विजयादशमीको अवसर पारेर रक म्युजिकमा जमिरहेका चेतनको नयाँ गीत सार्वजनिक गरिएको हो । चेतनको रचना संगीत र स्वर रहेको रक शैलीको गीतको म्युजिक भिडियोलाई सिएसटी भोकल्स नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । 

गायक चेतनकै बुबा गोपाल शाही र बिष्ना शाहीले निर्माण गरेको म्युजिक भिडियोलाई रोशन भट्ट र बिशाल नेपालीले निर्देशन गरेका छन् । ब्रोकन एग्स स्टुडियोले अडियो भिडियो निर्माण गरेको हो । गीतमा बरिष्ठ गितारिष्ट शरद श्रेष्ठले गीतार, जेसन अवालेले ड्रममा साथ दिएका छन् । रोशन भट्टको कथा तथा स्क्रिप्ट रहेको म्युजिक भिडियोमा गायक चेतनसँगै सुजाता थापाले अभिनय गरेकी छिन् । गीतको मिडिया संयोजक दिनेश भण्डारी रहेका छन् । 

युवा माझ निकै लोकप्रिय रहेको रक शैलीको हाम्रो बारेमा बोलको गीत स्रोता र दर्शकले रुचाउनेमा गायक चेतन शाही ठकुरी आशावादी रहेका छन् । उनले यसअघि रक शैलीकै खोई गीत सार्वजनिक गरेका थिए । सो गीतलाई पनि निकै रुचाईएको थियो । यसका साथै उनले यसअघि पनि आधा दर्जन बढी गीतहरु बजारमा ल्याईसकेका छन् भने उनका नयाँ गीतहरु पनि बजारमा आउने तयारीमा रहेका छन् ।