इजरायलमा बेपत्ता भएका बैतडी रिमका विपिन अझै सम्पर्क बिहीन
2023/10/11, 12:37
 
ss

प्यालेष्ट्राइनी बिद्रोही समूहको हमासको आक्रमणपछि बेपत्ता भएका बैतडी दोगडाकेदार गाउँपालिका(१ रिमका विपिन जोशी अझै सम्पर्क बिहीन छन् । सञ्चारमाध्यमहरुमा इजरायलस्थित नेपाली दूतावासलाई उधृत गर्दै जोशी सम्पर्कमा आएको र उनको अस्पतालमा उपचार भईरहेको भन्ने समाचार सत्य नरहेको पुष्टि भएको छ ।

परराष्ट्र मन्त्रालयकी सह सचिव तथा प्रवक्ता सेवा लम्सालले पश्चिम टुडेसंगको कुराकानीमा हमासको आक्रमणपछि बेपत्ता भएका जोशी अझै सम्पर्कमा नरहेको बताईन । अहिलेसम्म जोशी हाम्रो सम्पर्कमा छैनन, उनले भनिन, हाम्रो खोजी जारी छ । उहाँको परिवार हाम्रो सम्पर्कमा छौ ।

भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा इजरायल पुगेका  जोशी हमासको आक्रमणपछि जोशी शनिवारदेखि सम्पर्क बिहीन छन् । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि जोशीको परिवार चिन्तामा डुबेको छ।

सम्पर्क बिहिन रहेका विपिनका बुवा महानन्द जोशीले सामाजिक संजाल फेसबुकमा भाबुक स्टाटस लेख्दै भनेका थिए छोराको स कुशलका लागि भगवानसँग कामना गर्दै नेपाल सरकार र इजरायलमा रहेको नेपाली दूतावासलाई छोराको खोजी कार्य गरि सम्पर्कमा ल्याउन आग्रह समेत गरेका छन्।

उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन्। दुई जना भने सकुसल छन्। उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन्।