सहमतिमा एमालेको सुदूरपश्चिम नेतृत्व छान्न अन्तिम कसरत
2023/10/11, 12:42
 
ss

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्व सहमतिबाट चयन गर्न नेताहरुले अन्तिम प्रयास जारी राखेका छन्। सहमतिमा नेतृत्व टुंगो लगाउन मंगलबारका लागि तोकिएको निर्वाचन बुधबार सारिएको छ। सहमति खोज्ने अन्तिम प्रयास जारी राखेर नेताहरुले निर्वाचन प्रक्रिया लम्ब्याइरहेका छन्। 

एमाले सुदूरपश्चिमको अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना, भरत साउँद र कञ्चनपुरका वचनबहादुर सिंहको उम्मेदवारी परेको छ। जैशी नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले अघि सारेका उम्मेदवार हुन। तिमिल्सिनालाई अध्यक्षमा एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीको समूहले अघि सारेको छ। 

अछामका साउद एमाले नेता भीम रावल निकट मानिन्छन्। सुरुमा रावल पक्षधरले अछामकै तिमिल्सिनालाई अध्यक्ष अघि सारेका थिए। उनी ‘ब्याक’ हुने देखिएपछि रावल समूहले अछामकै साउदलाई उम्मेदवार खडा गरेको हो। कञ्चनपुरका सिंहलाई एमाले केन्द्रीय सचिव लेखराज भट्टले अध्यक्षमा अघि सारेका हुन। अछामका जैसीको नेतृत्वमा नयाँ प्रदेश कमिटी बनाउने गरी सहमतिको अन्तिम प्रयास जारी रहेको नेताहरु बताउँछन्।

‘उहाँलाई अध्यक्ष मानेर जाने गरी सहमति खोज्दैछौँ, सहमति छुटिसकेको छैन,’ नेकपा एमालेका एक नेताले भने, ‘नभए चुनावमा जान्छौँ।’ ती नेताका अनुसार जैसीलाई अध्यक्ष बनाएर अर्का प्रत्यासी तिमिल्सिनालाई केन्द्रीय समितिमा लैजाने एक किसिमको सहमति भएको छ। अध्यक्षका आँकाक्षी सिंह मनाउन नसक्दा सहमति जुट्न सकेको छैन।

‘उहाँको बारेमा कसैले लबिङ्ग गर्नुभएको देखिएको छैन,सबैलाई व्यवस्थापन गरेर जानुप¥यो,’ स्रोतले भन्यो, ‘उपाध्यक्ष, सचिव वा केन्द्रीय सदस्य कहाँ व्यवस्थापन गर्न सकिन्छ, त्यो गरेमा सहमति जुट्न सक्छ।’ सुदूरपश्चिममा ६ सय ५७ जना एमालेका प्रतिनिधि छन्। तुलनात्मक रुपमा एमाले सुदूरपश्चिममा अहिले भण्डारी समूह बलियो रहेको नेताहरुको दाबी छ।

प्रथम अधिवेशनले एमाले सुदूरपश्चिममा सक्रिय चार गुट छताछुल्ल भएका छन्। सार्वजनिक अर्को निर्वाचन कार्यतालिका अनुसार आज ९बुधबार० दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।