संस्थापन समूह सूची पढ्ने तयारीमा, साउद सहितको असहमति
2023/10/11, 12:44
 
ss

नेकपा एमालेको सुदूरपश्चिम अधिवेशनमा अध्यक्षका उमेदवार भरत साउद, सचिवका उमेदवार रतन रेग्मी र उपसचिवका उमेदवार नरबहादुर विकले सहमतिको नाममा नेतृत्व चयन गर्न लागिएको भन्दै असहमति जनाएका छन् ।

उनीहरुले अध्यक्ष मण्डल र प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालाई सहमतिका नाममा निर्वाचन प्रक्रियामा उमेदवार नभएकाहरुको सूची पढ्ने प्रपञ्च भइरहेको भन्दै ध्यानकर्षण बुझाएका हुन् । आफूहरुसँग छलफल नै नगरी नाम घोषणा गरे सहमति नजनाउने पत्रमा उल्लेख छ । उनीहरुलाई एमालेका पूर्वउपाध्यक्ष भीम रावल पक्षको साथ छ ।

एमाले सुदूूरपश्चिम अधिवेशनमा साउद, कृष्णप्रसाद जैसी, बचनबहादुर सिंहको उमेदवारी छ । कमल तिमिल्सिना भने अध्यक्षको उमेदवारीबाट पछि हटेका छन् । स्थायी कमिटी सदस्य कर्ण थापाको साथ पाएका जैसीलाई अध्यक्ष बनाउने गरी सहमतिको तयारी भएको नेताहरु बताउँछन् । अधिवेशनमा तिमिल्सनालाई प्रदेश अध्यक्ष दामोदर भण्डारी, सिंहलाई सचिव लेखराज भट्टले साथ दिएका छन् ।

तिमिल्सिना केन्द्रीय सदस्य बन्ने गरी जैसीलाई अध्यक्ष बनाउन सकारात्मक रहेको नेताहरुको भनाइ छ । साउद र सिंहले भने निर्वाचन नै हुनुपर्ने अडान लिएका छन् । निर्वाचन समितिले कार्यातालिका परिमार्जन गर्दै २ बजेदेखि हुने जनाएको छ ।