एमाले सुदूरपश्चिम अधिवेशनमा तिमिल्सिना सहित ३ जनाको उम्मेदवारी फिर्ता
2023/10/11, 12:46

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्षका १ र उपाध्यक्षका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रीय सदस्य बनाउने समझदारीपछि उनले उम्मेदवारी फिर्ता लिएको स्रोतले बतायो ।

यसैगरी उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।उम्मेदवारी फिर्ताको समय आज दिउँसो साढे १२ बजेसम्मका लागि थपिएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/21, 11:22
2022/06/29, 3:27
2023/10/11, 12:46