
आइतबार साँझ सुदूरपश्चिमका पहाडी जिल्लामा असिनापानी परेको छ। असिना पानी परेर बालीनाली सखाप पारेपछि किसान चिन्तित बनेका छन्। डडेल्धुरा, डोटी तथा बैतडीका विभिन्न स्थानमा परेको असिनाले बालीनाली सखाप पारेको किसानहरुले बताएका छन्।

खेतमा पाकेको धान, भटमास लगायतका बालीहरु असिनाले नष्ट गरेको छ। पाकेको बाली असिनाले सखाप पारेपछि किसानहरु चिन्तित बनेका छन्। साँझ परेको पानीले खरफागलाहरुमा काटेको खरमा समेत क्षति पुर्याएको छ। फागलाहरुमा काटेको खर भिजेर नष्ट भएको छ।

2025/05/25, 1:17
2025/05/25, 1:10
2025/05/25, 1:08
2025/05/25, 1:07
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 5:44
2020/10/19, 2:27
2021/04/20, 12:43
2021/11/03, 6:55
2022/10/11, 1:05