ठगिबाट बच्न काउन्टरबाट मात्रै टिकट काट्न आग्रह
2023/10/16, 11:24
 
ss

धनगढीबाट पहाडी जिल्लासम्म जान शुक्रवारदेखि सुदूरपश्चिमका यातायात प्रालिहरूले अग्रिम टिकट बुकिङ खुला गरेका छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले धनगढीबाट पहाडी जिल्लाका लागि अग्रिम बुकिङ खुला गरिएको बताए ।

उनले यात्रुहरुको चाप बढेका हुदा सवारी साधन थपेको र अझै थप गर्नुपर्ने देखिएको उनले जानकारी दिए । दशैँ र तिहारमा यात्रुको सङ्ख्या धेरै हुने भएपछि ठगिने डर पनि हुन्छ । यात्रुबाट यातायातको भाडा महँगो असुल गर्ने, यात्रा सुरक्षित नहुने जोखिम पनि हुन्छ।

काउन्टर भन्दा बाहिर बिचौलियाहरू पनि हुने जोखिम समेत हुन्छ । यात्रुको सङ्ख्या धेरै भएको समयमा यात्रु ठगिने जोखिम हुने भन्दै काउन्टरबाट मात्र टिकट खरिद गर्न र बस नम्बरसमेत एकिन गर्न व्यवसायीहरूको आग्रह छ । उनले आधिकारिक काउन्टरबाट गाडी नम्बरसहितको टिकट लिनु आग्रह गरेका छन् ।

बाहिर बिचौलियाहरू रहेको सुन्नमा आएको उनको भनाई छ । दशै, तिहार तथा छठका लागि भारतसहित देशका विभिन्न क्षेत्रबाट सुदूरपश्चिम फर्सिनेको संख्या बढेको छ । यात्रुको सङ्ख्या बढेसँगै व्यवसायीहरूले सार्वजनिक यातायातको सङ्ख्यासमेत थप गरेका छन्।