मुक्तकमैया र सुकुम्बासीका समस्या तिनै तहका सरकारबाट समाधान हुन्छन्ः मुख्यमन्त्री शाह
2023/10/28, 12:51
 
ss

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले कमैया लगतमा समाबेश भएका तर अहिले सम्म पनि जग्गा प्राप्त गर्न नसकेका सुकुम्बासीहरुको समस्या तिनै तहका सरकार मिलेर समाधान गर्ने बताएका छन् । लम्की स्थित जसको कोहि छैन, त्यसको हामी छौँ समाज नेपालद्वारा आयोजित मुक्त कमैया बस्ती एकता शिबिर पुर्ब लम्कीमा आयोजित दशैँको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले त्यस संगै बन तथा सडक छेउछाउमा अव्यवस्थित बसोबास गरि रहेका मुक्त कमैया र सुकुमबासीहरुको उचित बसोबास गर्ने उनले बताएका हुन् । उनले भने—‘हामी तिनै तहका सरकार र भुमी आयोग सँग समन्वय गरी समस्या समाधान तर्फ जाने छौँ र मुक्त कमैयाका बालबालिकाको शिक्षा, स्वास्थ्यको उचित प्रबन्ध पनि गछौँ’ । कार्यक्रमका प्रमुख अतिथी रहेका मुख्यमन्त्री शाहलाई मुक्त कमैया बस्ती एकता शिबिरका सुदामा चौधरीले माग पत्र पेश गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले मुक्त कमैया बस्तीमा भएका लालपुर्जाका समस्या सरकारले समाधान गर्ने बताए । शिविरबासीको आर्थिक अवस्थालाई मध्यनजर गर्दै कटेलु तथा घरेलु उधोगलाई पर्बद्धन गर्ने खालका कार्यक्रम ल्याउने उनले बताए । धामीले घरका बिचमा भएका सुकेका रुख कटान समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा भुमी, ब्यवस्था कृषि सहकारी मन्त्री रमेश्वर चौधरी, उधोग, नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नारायण दत्त भट्ट लगायत स्थानिय तहका जनप्रतिनिधी बिभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा मुक्त कमैया आन्दोलनमा सक्रिय अगुवा २० जनालाई सम्मान गरिएको थियो ।