सुदूरमा छाउगोठ भत्काउने अभियान सुस्ताएसँगै ब्युँतिन थाल्यो छाउप्रथा
2023/10/29, 12:47

बाजुरामा छाउगोठ भत्काउने अभियान सुस्ताएसँगै छाउप्रथा पुनः ब्युँतिन थालेको छ । करिब पाँच वर्षअघि सुरु गरिएको छाउगोठ भत्काउने र महिनावारी भएका महिलालाई छाउगोठमा बस्न नदिने अभियान सुस्ताउन थालेको छ । अचेल यहाँका महिला पुनः छाउगोठमा बस्न थालेका छन् । भत्काइएका छाउगोठ पुनर्निर्माण गरिएका छन् ।

बूढीगङ्गा नगरपालिका–१० का स्थानीय पद्मा विकले भने, “महिनावारी भएको बेलामा घरभित्र बस्दा धामीझाँक्री ९देउता०रिसाउन थालेपछि गाउँमा फेरि छाउप्रथा ब्युँतिँदै गएको छ ।”छाउप्रथाविरुद्ध विगतमा सञ्चालन गरिएका अभियानले छाउगोठ भत्काएपछि महिनावारी भएका महिला घरको एक कोठामै बस्ने गरेका थिए । तर अहिले घरभित्र बस्दा धामीझाँक्री रिसाउन थालेको भन्दै फेरि छाउगोठमै सुत्ने गरेको उनले बताए । महिनावारी भएको समय पाँच दिनसम्म महिला छाउगोठमा सुत्ने गरेको पाइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09