सुदूरपश्चिमको समृद्धिका लागि सबै एकजुट हुनुपर्छः मुख्यमन्त्री शाह
2023/10/29, 1:00
 
ss

मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि  सबै एकजुट हुनुपर्ने बताएका छन्। मुख्यमन्त्री निवासमा आयोजित विजया दशमीको शुभकामना कार्यक्रममा मुख्यमन्त्री शाहले सबै दलबिचको एकताबाट मात्र विकास सम्भव रहने बताएका हुन्। 

उनले एकजुट भएर अघि बढ्दै विकास र समृद्धिको खाका कोर्नुतर्फ लाग्नुपर्ने बताए। मुख्यमन्त्री निवासमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट, भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेशबहादुर शाही, उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, प्रदेश सभा सदस्य, निवर्तमान प्रदेश सभा सदस्य, विभिन्न राजनीतिक दलका नेता, प्रदेश मन्त्रालयका सचिव तथा कर्मचारी, मन्त्रालय मातहातका कार्यालयका कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।