धनगढीमा सडक क्षेत्र आसपासका नाली धराप बन्दै, आवत जावत गर्दा दुर्घटनाको जोखीम
2023/10/31, 10:13
 
ss

धनगढी उपमहानगरपालीका क्षेत्रका सडकमा आवत जावत गर्दा दुर्घटनाको जोखीम बढेको छ। उपमहानगरपालीका सडक क्षेत्र आसपासमा राखिएका स्ल्यापका कारण सर्वसाधारणलाई दुर्घटनाको जोखीम बढाएको हो।

मर्मत भैसकेका सडकहरुको दाँया र बायाँ रहेका कतिपय सडक नालीमाथी स्लाप तथा नाली ढक्कन नराखेको पाइएको छ । सडक नालीमाथी स्लाप तथा ढक्कन नराख्दा साँझ र राती आवत जावत गर्ने तथा बिहान मोर्निङ् वाक गर्नेहरु लड्ने अवस्था सिर्जना भएको धनगढी ५ का महादेव भट्टले बताए। यसरी बालबच्चाहरु सिधै नालीमा खसेर ज्यानै जाने जोखीम भएको भन्दै उपमहानगरपालीकाले ध्यान दिनुुपर्ने बताए।

धनगढी हसनपुर क्षेत्र, तारानगर चटकपुर सडकमा यस्तो समस्या रहेको देखीएको छ। यस्तै धनगढीका स्थानिय बिनोद उपाध्यायले पनी सडक क्षेत्रमा सयौं धरापहरु बनेका बताए। बिहान मर्निङवाक जाँदा लडिने तथा हात खुट्टा भाँचिने समस्या हुन्छ उनले भने, बाटोभरी यस्ता सयौं धरापहरु छन,राम्ररी हिँड्न उनले सर्वसाधारणलाई आग्रह गरे। सम्बंधित निकायले छिटो भन्दा छिटो ध्यान दिन उनको भनाई छ।

यस्तै धनगढीका स्थानिय डोटेली अनुपले पनी यस्ता धरापहरुले सवसाधारणको ज्यान लिने भन्दै उपमहानगरपालीका र नगरप्रमुखले ध्यान दिनुपर्ने बताएका छन्। यता धनगढी उपमहानगरपालीकाले सो बिषयमा पटक पटक सहरी बिकास कार्यालयलाई ध्यानाकर्षण गराइरहेको जनाएको छ।

उपमहानगरपालीकाका डिभिजनल इन्जिनियर दिज राज भट्टले कतिपय ठाउँमा सडक नालीमाथी स्ल्याप तथा नाली ढक्कन छुटपुट रहेको हुनसक्ने भन्दै त्यो कार्य छिट्टै हुने जानकारी दिए। धनगढी १० किलोमिटर सडक मर्मतको काम कालिका कन्ट्रकसनले निर्माणको जिम्मा लिएकोले सडक नाली माथी स्ल्याप राख्न उपमहानगरपालीकाले झकझकाई रहेको उनले बताएका छन्।