पर्यटकीयस्थल खप्तड र मिनि खप्तड जोड्ने सडकको मर्मत कार्य सकियो
2023/11/02, 12:56
 
ss

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढि–ओखरबोट जोड्ने सडकको मर्मतकार्य सकिएको छ । सिएबी कन्ट्रक्सन प्रा।लि।ले उक्त सडक कालोपत्रे गरी प्रमुख धार्मिक पर्यटकीय स्थल खप्तड र मिनि खप्तड जोड्ने सिलगढि–ओखरबोट बगलेक झिग्राना सडक मर्मत कार्य सकेको हो ।

पुर्वाधार विकास कार्यालय डडेल्धुरालाइ असाढमा सडक हस्तान्तरण गरेको थियो तर बर्खायाममा सडकका ठाउँ ठाउँमा खाल्डा खुल्डी र पहिरो गएको थियो । सो क्षेत्रमा पहिरो सफा गर्ने, खाल्डा खुल्डी पुर्ने काम र कालोपत्रमा भत्किएको सडक मर्मत सम्भार असोजमा १ महिना लगाएर १५ किलोमिटर सडक मर्मत गरेको सिएबी कन्ट्रक्सन प्रा।लि।का साइड इन्चार्ज भानबहादुर बोहराले जानकारी दिए ।

सिलगढि–ओखरबोट बगलेक झिग्राना सडकले पर्यटकलाइ मात्र नभएर डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका र सायल गाउँपालिकाका बासिन्दालाई राहत पु¥याएको छ । सडकले मर्मत हुँदा आन्तरीक तथा बाह्य पर्यटकहरुलाई सहज हुनुका साथै स्थानियहरुलाई पनि आवतजावत गर्दा जोखिम पुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । सदरमुकाम सिलगढीबाट सडक कालोपत्रे भएको हुँदा अब सहजै जान सकिने पर्यटकको रोजाइमा परेको रमणीय स्थल मिनी खप्तड बगलेकमा दैनिक घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक पनि बढेका छन् ।उक्त पर्यटकीय सडक डोटीको सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्छ ।