धनगढीमा बिद्युत पोलमा छोडिएका अनाबश्यक तारले जोखिम, व्यवस्थित गर्न उपमहानगरको निर्देशन
2023/11/02, 1:00
 
ss

धनगढी उपमहानगरपालीका क्षेत्रका बिद्युत पोलमा अनाबश्यक छोडिएका तारले दुर्घटनाको जोखीम बढाएको स्थानियले गुनासो गरेका छन्। सडक आसपासमा रहेका बिद्युत पोलहरुमा राखिएका इन्टरनेट तथा केवल नेटवर्कका अनाबश्यक तारले जोखीम बढाएको उनीहरुको भनाई छ।

बिद्युत पोलहरुमा राखिएका अनाबश्यक धरै तारले शहरको शौन्दर्यता घट्नुका साथै आगलागीजस्ता घटना हुने सक्ने सम्भावना भएकाले यस्को ब्यवस्थापन गर्नुपर्ने धनगढी- ५ जाँईका कृष्ण पाठकले बताए। इन्टरनेट तथा केवल नेटवर्क सेवा प्रवाह गर्ने फर्महरुको एकै ठाउँमा झुम्म परेका तार, चुँडिएर लत्रेका तारहरुका कारण आगलागीको जोखीम बढेको उनको भनाई छ। यता धनगढी उप–महानगरपालिकाले पनी इन्टरनेट तथा केवल नेटवर्क फर्महरुलाई तारहरु व्यवस्थित गर्न निर्देशन दिएको छ।

इन्टरनेट तथा केवल नेटवर्क फर्मले आफ्नो सेवा विस्तारका लागि जथाभावी रुपमा केवल तारहरु तान्दा शहरको शौन्दर्यता घट्नुका साथै आगलागी हुन सक्ने भन्दै आवश्यकता भन्दा बढी पोलमा छोडिएका तारहरू निकाली लग्न अनुरोध गरेको मेयर गोपाल हमालले बताएका छन्। उनले भने, जथाभावी तारका कारण तारहरु अस्तबेस्त बनेको छ,शहरको शौन्दर्यता समेत घटेको कुरुप बनेको छ, यस्ले आगलागीको जोखीम बढाएको छ उनले भने, त्यस्मा धेरै तारहरु बेरिएका हुन्छन् र त्यसैमा चराचुरुङ्गीले गुँड बनाउदा कुनैपनी किसीमले आगलागी हुन गई घरमा सर्न सक्ने जोखीम बढेको उनले बताए।

1

उनले बिद्युत पोलमा मात्र नभई एक घरबाट अर्को घरमा आगलागी हुन सक्ने बताए। ब्यवस्थापनका लागी इन्टरनेट तथा केवल नेटवर्क फर्महरुसँग बैठक बसेपनी अहिलेसम्म ब्यवस्थापन नभएको बताए। सो कारण उनले एक सुचना जारी गरेको र १५ दिन भित्रमा त्यो सुधार नगरे उपमहानगरपालीकाले लाईन काट्ने बताए। लाईन काटेर हुने सेवाग्राहीलाई हुने नोक्सानी उपमहानगरपालीका जवाफदेही नहुने बताए। यता नेपाल बिद्युत प्राधिकरण धनगढी बितरण केन्द्रले इन्टरनेट तथा केवल नेटवर्कको तार ब्यवस्थापन गर्नमा कुनै अधिकार नभएको बताएको छ। इन्टरनेट तथा केवल नेटवर्क कम्पनीले आफै हटाउँछन्। नेपाल बिद्युत प्राधिकरण धनगढी बितरण केन्द्रका निमित्त प्रमुख मोहनदेव जोशीले तारहरु ब्यवस्थापनमा कुनै अधिकार नभएको स्वीकृत लिएपछि तारहरु हटाउन भनेर भन्न नसकिने बताए।