सुदूरपश्चिम प्रदेश प्रहरीले जनताको गुनासो सुन्न क्युआर कोड स्क्यान सिस्टम ल्यायो 
2023/11/04, 8:58
 
ss

सुदूरपश्चिम प्रदेश प्रहरीकार्यालयले जनताका सुझाव तथा गुनासो सङ्कलन गर्न क्युआर कोड स्क्यान सिस्टम ल्याएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीको सूचना प्रविधिले क्युआर कोड स्क्यान आजबाट प्रदेशै भरी लागु हुने गरी ल्याएको हो ।

जनताले आफ्ना सुझाव तथा गुनासो सोझै प्रहरी कार्यालयहरूमा खुला रूपमा राख्न नसक्ने भएकाले क्युआर कोड स्क्यान विधिबाट घरमै बसी आफ्ना सुझाव तथा गुनासो राख्न यो सिस्टम ल्याएको प्रदेश प्रहरी सूचना प्रविधि शाखाका प्रशनी केशव पालले बताए ।  पालका अनुसार यो सेवा सर्वसाधारणका लागि मात्र नभएर कुनै पनि प्रहरी कर्मचारीले पनि यो सेवा लिन सक्ने छन् ।

यो सिस्टम सुदूरपश्चिमका सबै जिल्ला प्रहरी कार्यालयमा पनि लागु हुनेछ । यसलाई कैलाली र कञ्चनपुरका जनताले मात्र नभएर इन्टरनेटमा पहुँच भएका सुदूरपश्चिमका नौ वटै जिल्लाका जनताले प्रयोग गर्न सक्ने छन् । नेपालमा यो सिस्टमको सुरुवात कोसी प्रदेशको मोरङबाट सुरु भएको थियो भने आजबाट सुदूरपश्चिम प्रदेशमा पनि लागु भइसकेको छ । 

यसरी गर्नुहोस् क्युहारकोड स्क्यान
तपाइसँग भएको जुनसुकै एन्ड्रोइड मोबाइल फोन वा एप्पलका जुनसुकै मोबाइलबाट यो सेवा लिन सकिन्छ । जसका लागि आफ्नो मोबाइल फोनको प्ले स्टारमा गई स्क्यान एप डाउनलोड गर्ने अथवा जुनसुकै ब्राउजर मा गएर सुदूरपश्चिम प्रदेश प्रहरीको लोगो भएको  क्युआर कोड स्यान गरी त्यस भित्र जाने । भित्र गइसकेपछि ओपन भन्ने अप्सनमा क्लिक गर्ने । त्यसपछि आफ्नो पुरा नामा ठेगाना लेखि आफुले सुझाव दिने हो कि गुनासो राख्ने हो यकिन गर्नु पर्छ । त्यसपछि तपाले के विषयमा गुनासोर सुझाव गर्ने हो, किन गर्ने हो, यसको सुनवाइ कसरी सुन्न चाहानुहुँन्छ, यो गुनासो तथा सुझाव कसलाई सुनाउन चाहानुहुँन्छ हुन्छ जस्ता बिभिन्न प्रश्नहरूको उत्तर दिई आफ्ना गुनासा, सुभाव सल्लाह तथा जुनसुकै जानकारी पनि क्युआर कोड स्क्यान सिस्टमबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई दिन सक्नु हुने छ ।