पत्रकार रोकाया बैंकिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत
2023/11/04, 5:39
 
Rokaya

आर्थिक पत्रकार सन्तोष रोकाया ५० हजार रुपैयाँ नगदसहित पुरस्कृत भएका छन् । विकासन्युज डटकमका सहायक सम्पादक समेत रहेका उनी नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औं वार्षिकोत्सवका अवसरमा सिविफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

उनलाई अर्थमन्त्री डा.प्रकाश शरण महत र बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष भोज बहादुर शाह र गभर्नर महाप्रसाद अधिकारीले प्रमाणपत्र र नगद हस्तान्तरण गर्दै पुरस्कृत गरेका हुन् । 

बैंकिङ क्षेत्रको समाचार सम्प्रेषणमार्फत् आर्थिक तथा सामाजिक रुपान्तरणमा पुर्याएको योगदान स्वरुप उनलाई पुरस्कारमार्फत् सम्मान गरेको बताएको छ । भारतीय रुपैयाँसँगको विनिमयदरले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव विषयमा नियमित समाचार लेखेर पुरस्कृत भएका उनी बैंकिङ क्षेत्रलाई मुख्य विधा बनाएर समाचार लेख्छन् । 

सो पुरस्कारका लागि परेका २७ वटा आवेदनमध्ये रोकायाको समाचार उत्कृष्ट भएको भन्दै पुरस्कारका लागि छनोट गरिएको पुरस्कार छनोट समितिका संयोजक श्रीधर खनालले बताए ।

गत वर्ष पनि रोकायाले नाफिजले प्रदान गरेको भरतमोहन 
अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कारबाट पनि पुरस्कृत भएका थिए ।