
धनगढीमा होम क्वारेन्टिनमा बसेका एक युवकमा कोरोना पुष्टि भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर २ का ३१ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनको २१ जुनमा दुबईबाट उद्धार गरिएको थियो ।

धनगढीमा भएको परीक्षणमा ती युवकमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । एक दिन काठमाण्डौ राखेर उनलाई दोस्रो दिन धनगढी पठाईएको थियो । ती युवाका अनुसार ९ दिन नवदुर्गा माविको क्वोन्टिनमा राखिएको थियो ।
आरडिटी नेगेटिभ देखाएपछि उनी घर फर्किएको थिए । उनले अहिले घरमै सतर्कता अपनाएर बसिरहेको जानकारी दिए । यसअघि सुदुरपश्चिमका पहिलो संक्रमितको रुपमा धनगढी ५ का युवकमा कोरोना देखिएको थियो । उनले कोरोना जितिसकेका छन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09