कैलालीका एक युवकले लागुऔषध बेरिएको प्लास्टिक निलेपछि...........
2023/11/08, 4:12
 
ss

कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बेलौरी नगरपालिका वडा नम्बर ६ बैशाखाबाट उनीहरू पक्राउ परेका हुन।

पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० का सवर्ण बोहरा र कञ्चनपुरको भीमदत्त नगरपालिका अनिल श्रीपाली पक्राउ परेका हुन। उनीहरूको साथबाट इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले १९ दशमलव ६५ ग्राम लागुऔषध बरामद गरेको छ।

प्रहरीका अनुसार बोहराले लागुऔषध बेरिएको प्लास्टिकको पोको नै निलेका थिए। उनी बेहोस भएका थिए। चिकित्सकले उनको मुखबाट लागुऔषध खैरो हिरोइनको पोको निकालेको हो। उनीहरूलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ।