सीमावर्ती भारतिय बजार वनगाउँमा नेपालीमाथी कुटपिट
2023/11/13, 12:12
 
ss

कैलालीको धनगढीसँग सिमाना जोडिएको भारतिय बजार वनगाउँमा नेपाली ग्राहकमाथी कुटपिट भएको छ । आईतबार तिहारका लागी सामान किनमेल गर्न वनगाउँ गएका तिन जना नेपालीमाथी कुटपिट भएको नेपालीहरुले बताएका छन् ।

कुटपिटबाट २३ बर्षिय झलक कुवर घाईते भएका छन्। यस्तै कुटपिटमा परेका अन्य दुई जना नेपालीले आफ्नो नाम खुलाउन चाहेनन् । कुटपिटबाट घाईते भएका कुवंरले कपडा किन्न कपडा पसलमा पुगेको र व्यापारीले टाउकोमा हानेको बताए । आफुले लुगा किन्दा नेपाल भन्दा महँगो भएको भनेपछि आफुलाइ आक्रमण गरेको उनले बताए। त्यहाँ पसलका व्यापारीहरु मिलेर आफुलाइ कुटपिट गरेको उनको भनाई छ।

बनगाउ बजारमा न्यु बलाजी किराना स्टोर र गोल्डी कल्थ कलेक्सनका संचालकले दुइ नेपाली ग्राहकहरुलाइ कुटेको प्रत्यक्षदर्शीले बताएका छन्। भारतय बजार बनगाउमा सस्तो समान भनेर बडि पैसा लगेको समान किनमेल गर्न गएकी नेपाली ग्राहक मनसरा धामीले बताइन। दैनिक जसो कनिमेल गर्न आएका नेपाली ग्राहक कुटपिटका घटना हुने गरेको भारतको वनगाउ बजारमा चाउमिन व्यापार गर्दै आएका एक ब्यवसायीले जानकारी दिए।

चाडपर्वका समयमा अन्य समय भन्दा धेरै जसो नेपालीहरु किनमेल सिमावर्ति बजार वनगाउँ जाने गरेका छन । भारतीय बजार बनगाउँमा किनेमेल गर्न गएका नेपालीहरु व्यापारीबाट कुटपिट हुने गरेका छन्। वनगाउँमा किनमेल गर्न पुगेकी धनगढी ४ की तुल्सी ओझाले दैनिक उपभोग्य वस्तु किन्न आफूहरु भारतीय बजार पुग्ने गरेको भए पनि यहाँका ब्यापारीहरुले समान किन्दा तुच्छ ब्यवहार गरेको बताईन् ।यता सो घटनाका बिषयमा बुझदा जिल्ला प्रहरी कार्यालय कैलालीले सञ्चार माध्यमबाट जानकारी पाएपनी लिखित आधिकारीक जानकारी नआएको बताए । घटनाको छानबिन गर्नुहुन्छ की भन्ने प्रश्नमा उनले भारतिय ठाउँमा भएको घटनाको छानबिन हामीले गर्न नमिल्ने बताए।