सुदूरपश्चिमका ४ जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित
2020/07/04, 5:32
 
korona

सुदूरपश्चिमका चार जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित पुगेका छन् । नेपालका ११ जिल्लामा कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी रहेकोमा सुदूरपश्चिममा मात्रै चार जिल्लामा कोरोना संक्रमित पाँच सय भन्दा बढि पुगेका हुन् ।  

कैलाली, अछाम, डोटी र बाजुरामा प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीमा कोरोना संक्रमित रहेका छन् ।

कैलालीमा अहिलेसम्म ८ सय २९ जनामा कोरोना पुष्टि भएको छ ।  अछाममा पाँच सय ८६, डोटीमा पाँच सय ५३ र बाजुरामा पाँच सय ३९८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उता प्रदेश २ का तीन जिल्ला, प्रदेश ५ का तीन जिल्ला र कर्णालीको १ जिल्लामा प्रतिजिल्ला ५ सय भन्दा बढी कोरोना संक्रमित पाइएको पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।

 प्रदेश २ का महोत्तरी, सर्लाही, रौतहटमा प्रतिजिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित छन । प्रदेश ५ का कपिलवस्तु, पाल्पा र दाङमा पनि प्रति जिल्ला ५ सयभन्दा बढी कोरोना संक्रमित छन । यस्तै कर्णालीको दैलेखमा पाँच सयभन्दा बढी संक्रमित रहेका छन ।