भन्सार कार्यालय कञ्चनपुरमा विभिन्न मुद्दामा जफत गरिएका सवारी साधनका पाठपुर्जा गायब
2023/11/18, 2:28
 
dd

कञ्चनपुरमा भन्सार छलिका विभिन्न मुद्दामा जफत गरिएका सवारी साधनका पाठपुर्जा गायब पारिएको पाइएको छ। कञ्चनपुर भन्सार कार्यालय परिसरमा रहेका भन्सार छलिका विभिन्न मुद्दामा जफत गरिएका प्रायःजसो सवारीसाधन ९मोटरसाइकल०का पाठपुर्जा गायब अवस्थामा पारिएको पाईएको हो।

सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छलिका विभिन्न मुद्दामा बरामद गरेका अवैध सवारी साधनहरु लामो समयदेखि भन्सार कार्यालयमै थन्किएका छन्। बिगत बर्ष देखि लिलाम प्रक्रिया अगाडि बढाइएका र लिलाम प्रक्रियापछि बिक्री नभएका सवारी साधनका पाठपुर्जाहरु झिकिएको अवस्थामा पाईएका छन। कञ्चनपुर भन्सार कार्यालय परिसरमा पुरा पाठपुर्जा भएको एउटा पनि नभएको मोटरसाईकल पाइएका छन्।

कञ्चनपुर भन्सार कार्यालयले पहिलो चरणमा यहि असोज १ गते भन्सारमा थन्किएका ३ सय ६१ मोटरसाईकलको असोज २२ गते टेण्डर खोल्ने गरि लिलाम सुचना प्रकाशित गरेको थियो। प्रायःजसो सवारीसाधन ९मोटरसाइकल ०का पाठपुर्जाहरु झिकिएको अवस्थामा पाईएका थिए। भन्सार कार्यालयले लिलामी सूचना प्रकाशितपछि मोटरसाईकल किन्ने मनसाय बनाएकाहरुले मोटरसाईकल हेर्ने र पाठपुर्जाहरु गायव पारेर लगेको स्थानियले बताएका छन्।


भन्सार कार्यालयको गोदाम देखी आँगनभरी मोटरसाईकल देखी जिप,कार र अन्य ठुला सवारीसाधन राखिएका ती सवारी साधन कतिपय जीर्ण पनि भइसकेका छन्। कतिपयका सामानहरु समेत निकालि सकिएका छन्। कञ्चनपुरको गड्डाचौकीस्थित भन्सार कार्यालयमा सवारी साधनहरु वर्षौदेखि लिलाम हुन नसकेका कारण जीर्ण बन्दै गएका र कतिपय त कामै नलाग्ने समेत भइसकेका छन्।

कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुर्बराज विश्वकर्माले लामो समय सम्मका सवारीसाधनहरुका केहि पाठपुर्जाहरु बिग्रिएको हुनसक्ने बताए। उनले कार्यालयका कसै कर्मचारीले सवारीसाधनका पाठपुर्जा ननिकालेको बताउँदै सेवाग्राहीले लगेको हुन सक्ने बताए। गड्डाचौकी भन्सार कार्यालयमा करिब ४ सय बढी सवारी साधन छन्। लामो समयदेखि कार्यालय परिसरमा थन्किएका सवारी साधनको मुख्य मुख्य पाठपुर्जाहरु चोरी हुँदा कामै नलाग्ने भएका छन।