धनगढीमा भिषण आगलागीबाट १७ करोड ९७ लाख बढीको क्षती
2023/11/18, 2:39
 
ss

 धनगढी बजारमा रहेको सारथी अस्पतालसहित ८ पसलमा भीषण आगलागी भएको छ। विद्युत् सर्ट भएर राति करिब १ बजेतिर आगलागी हुँदा धनगढी १ मा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथि अस्पताल सहितका ८ पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डिएसपी कुलदिप चन्दले बताए।

विद्युत् सर्ट भएर आगलागी हुँदा सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा १७ करोड ९७ लाखको क्षती भएको डिएसपी चन्दले जानकारी दिए । दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासि विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ। सारथी अस्पताल प्रा.लिको ५करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सुदिक्षा इन्टरप्राईजेजको १ करोड २० लाख, भट्ट सप्लार्यसको ७० लाख, भण्डारी सुख सेन्टरको गोदाम ५० लाख, भण्डारी जनरल स्टोरको ४ करोड २५ लाखको क्षती भएको डिएसपी चन्दले बताए ।

यस्तै मधुमाला कलेक्सनको ६० लाख, सुभिक्षा बेबीसपको ९० लाख, खाद्य गोदामको भौतिक संरचना रु ४ करोडको क्षती भएको छ । खाद्य गोदामको कर्मचारीको स्कुटरको २ लाख २० हजार गरी १७ करोड ९७ लाख २० हजारको क्षती भएको डिएसपी चन्दले जानकारी दिए । प्रहरीका अनुसार धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।गो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो।

राती जुत्ताको गोदामहरुबाट आएको आगो अस्पतालमा पुगेपछि कार्यरत चिकित्सक तथा कर्मचारीले थाहा पाएको सारथी अस्पतालका सञ्चालम बेद प्रकास जोशीले बताए। अस्पतालमै आगो पुगेपछि शुरक्षाकर्मी बोलाएर उहाँहरुको सहयोगमा बिरामीहरुलाई सेती अस्पतालमा सार्ने काम भएको उनले बताए । केही सामान्य हलुका समान बाहिर ल्याउन सफल भएपनि ठुला उपकरण ल्याउन नसकिएको उनले बताए । ठुला उपकरणको क्षती हेर्दा ५ करोड बढीको क्षती भएको जोशीले बताए। उनले सरकारी निकाय र निजि क्षेत्रसंग अस्पताल पुनः सञ्चालनका लागी सहयोग गर्न आग्रह गरे। यस्तै यस्तै भण्डारी जनरल स्टोर एण्ड सु सेन्टरका सञ्चालक दल बहादुर भण्डारीले साढे ४ लाख बढीको समान रहेको गोदाम ध्वस्त भएको बताए।आगो लागेको खबरपछि आफु गोदामसम्म पुग्दा आधा बढी गोदाम ध्वस्त भएको पाएको उनले बताए। शुरक्षाकर्मीले आगो नियन्त्रणमा ल्याएपनि गोदाममा रहेको समान जोगाउन नसकिएको उनले बताए । यस्तो अवस्थामा सरकारी र गैर सरकारी निकायबाट उनले सहयोगको अपेक्षा गरेका छन् । बिमाले सही विवरणबाट सहयोग गर्न र अन्य निकायलेपनि हातेमालो गरे पक्कै फेरी पुरानै अवस्थामा आउन सक्ने भण्डारीको भनाई छ । यस्तै आगलागीबाट क्षती भएका क्षेत्रमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले राती उपमहानगरको प्रहरी, दमकल र जेसीबी पठाएर आगलागी नियन्त्रण तथा उद्धार गरिएको बताए। यहाँको बिवरण जिल्ला बिपद ब्यवस्थापन समितिमा पठाउने र सो समितिको सिफारिशमा सरकारबाट आवश्यक सहयोग मिल्ने अपेक्षा लिइएको बताए। यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले स्थानिय तहबाट आएको बिवरण संघ सरकारसम्म पेष गर्ने बताए । हालको अनुमानित १७ करोड बढीको क्षती देखिएको बताउँदै उनले अब हुने थपघटको बिवरण सहित पेष गर्ने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कट्टेलले आगलागीबाट क्षती पुगेका ब्यवसायीहरुको पिडामा मलम लगाउन सरकार तयार रहने बताए।