कैलालीका २ स्थानमा आगलागी हुँदा २६ लाखको क्षति
2023/11/20, 11:10
 
fhfh

 कैलालीका २ स्थानमा आगलागी हुँदा २६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। प्रहरीका अनुसार चुरे गाउँपालिका–१ मेलबास बस्ने शिब बहादुर बिकको घरमा शनिबार दिउँसो आगलागी हुँदा नगद तथा विभिन्न सुन तथा चाँदीका गरगहना, लत्ताकपडा समेत जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी, लम्कीचुहा नगरपालिका–१०तिघरी बस्ने ५० वर्षीय केशव प्रसाद जैशीको घरमा शनिबार दिउँसो आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, काठ र डोरीले बनेको खाट, कुर्सी, टेबल, पूर्णरूपमा जलेर करिब ६ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।