धनगढीनगरको कर आतंक: एकल महिलाको परिवार महिनौंदेखि त्रिपालमा
2023/11/21, 12:57
 
kar kar kar

 धनगढी उपमहानगरपालिकाभित्र अहिले सर्वसधारण जनता कर आतंकको त्रासमा बाँच्न बाध्य छन् । सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढीले एकपछि अर्कोमा करको दायरा फराकिलो पारेर कडिकडाई गरेपछि सानोतिनो व्यपार व्यबसाय वा मजदूरी गरी खानेहरु सबैभन्दा बढी मारमा परेका हुन् ।

सानोतिनो काम गरी गुजरा चलाईरहेका सर्वसधारणहरु पछिल्लो समय दैनिकजसो कर तिर्न नसकेर व्यबसायबाट पलायन भएको गुनासो सामाजिक सञ्जालमा ब्यक्त गरिरहेका देखिन्छन । उसो त व्यपारीक पृष्ठभूमिका गोपाल हमाल स्वतन्त्ररुपमा (दलविहीन) नगरप्रमुख भएपछि कर आतंक मच्चिएको भन्नेहरुको पनि कमी छैन् । यसैक्रममा धनगढी उपमहानगर वडा नम्बर ३ का निवर्तमान वडाध्यक्ष बलवहादुर ऐरले स्थानीय बडहराका दुईजना विपन्न एकल महिलाले ओत लाग्न बनाउन लागेको आफ्नो घरलाई नगरपालिकाले प्रहरी लगाई रोकेकोप्रति गुनासो गरेका छन् ।

उनका अनुसार वडहरा रिङरोड नजिक सिजु चौधरीका तीन भाईको सगोलमा रहेको १२ धुर जमिनमा स–साना टीनका तीन टहरा बनाउन लाग्दा नगर प्रहरीले घर नक्सा पास गर्नुपर्ने र कर लाग्ने भन्दै काम रोकेको महिनौं बित्यो । गाउँ समाजमा लेबरी गरी बालबच्चा पाल्दै आएका उनीहरु इट्टाका टुक्राटुक्री बटुल्दै माटोको गारोमा टीनले छाउने जमर्काे गर्दा नगरप्रहरीले रोकेपछि बिचल्लीमा परेकाले केही रहात दिएर घर बनाउन दिनुपर्ने उनको भनाई छ ।

सिजु चौधरीले भने–‘नगरपालिका गएको, घर नक्सा पास गर्न र कर तिर्न कम्तिमा १५÷२० हजार लाग्ने भनेपछि रोक्यौं, त्यही पैसाले घर बनाउला सोचेको ।’ अहिले बालबच्चासहित तीन भाईका परिवार सोही ठाउँमा पाल रोकी बसेका छन् । सुदूर आवाज

No photo description available.