धनगढीबाट बैकं एकाउन्ट ह्याकर गिरोह आर.आई.टीको फन्दामा
2023/11/23, 7:28
 
dfjhgdf

 कैलालीको धनगढीबाट बैकं एकाउन्ट ह्याक गर्ने गिरोह समातिएको छ । प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमबाट खटिएको अपराध अनुसन्धानको टिमले ९ जना ह्याकरको समुहलाई समातेको हो । धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयनै व्यवस्थापन गरि बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधबार कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेहरुको परिचय अहिले खुल्न सकेको छैन् । पक्राउ परेका व्यक्तिहरुबाट १० वटा ल्यापटप बरामद गरिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा लगिएको छ ।

उनिहरु केही बर्षअघी दिल्लीमा पक्राउ परेर छुटेको बुझिएको छ । प्रहरी अनुसन्धान टिमका अनुसार नेपालबाट बैकं खाता ह्याक गरी पैँसा बिदेशसम्म पठाउने गरेको पाइएको छ ।