धनगढीका निर्माण व्यबसायी जोशी डडेल्धुरामा उत्कृष्ट करदाता रुपमा सम्मानित
2023/11/24, 11:24
 
lkdrjtdgfht

सबैभन्दा बढी कर तिर्ने करदाता प्रसंशा कन्स्ट्रक्सनका संचालक तथा निर्माण व्यवसायी संघ कैलालीका बरिस्ठ उपाध्यक्ष दीर्घराज जोशीलाई सम्मान गरिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा प्रसंशा कन्स्ट्रक्सनले सबैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व विभागले कर दिवसको अवसरमा आइतबार सुदुर पश्चिमको डडेल्धुरामा गरेको विशेष कार्यक्रममा सम्मान गरेको हो ।

१२औ राष्ट्रिय कर दिवसका अवसरमा राज्यलाई सबै भन्दा बढी आयकर भुक्तानि गर्ने निर्माण ब्यवसायीको रुपमा आन्तरिक राजस्व कार्यलय डडेलधुरा बाट सम्मानित भएका हन् । उनी कर मात्र होइन निर्माण कम्पनी मध्य एक पनि सफल ब्यावसायी हुन।