धनगढीको बालाजी र सुशील श्रृङ्गार करको फन्दामा, परे लाखौं जरिवानामा
2023/11/24, 5:31
 
ss

धनगढीका २ ठूला व्यवसायी कर कार्यालयको फन्दामा परेका परेका छन्। स्रोतका अनुसार बजार अनुगमनका क्रममा उनीहरु कर छली गरेको भन्दै कारबाहीमा परेका हुन्। स्रोतको दाबीअनुसार गत बैशाख २५ गते धनगढीकै ठूलो न्यू शुसिल श्रृङ्गार र
जेठ १७ गते बालाजी सपिङ सेन्टर कारबाहीमा परेका हुन्। आन्तरिक राजस्व कार्यालय धनगढीले अनुगमनका क्रममा कैफियत भेटेपछि कारबाहीस्वरुप ठूलो जरिमाना गरेको हो।

शुसिलले एउटामात्र फर्म देखाएर २ फर्मबाट अवैध कारोबार गरिरहेको देखिएको र बालाजीले पनि कर छलेको देखिएपछि जरिमाना गरिएको बताइएको छ। शुसिलले अञ्जली ट्रेडर्स र शुसिलको फर्मबाट कारोबार गर्ने गरेको थियो। जसमा ती दुबै फर्मलाई कारबाही गरिएको हो।

राजस्व कार्यालय धनगढीका अनुसार अहिले दुबै फर्मले जरिमाना बुझाइसकेका छन्। शुसिल श्रृङ्गारका दुईवटै फर्मले १४ लाख ८१ हजार रुपैयाँ बढी जरिमाना तिरेको बुझिएको छ। उता बालाजीलाई भने ७ लाख २५ हजार जरिमाना तोकिएकोमा अहिलेसम्म पनि बुझाएको छैन। राजस्व कार्यालयले शिघ्र जरिमाना बुझाउन निर्देशनसमेत दिएको जनाएको छ।