उग्रतारा मन्दिर पुरानै संरचनामा निर्माण हुन्छः मन्त्री देउवा
2023/11/28, 8:36
 
dd

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले उग्रतारा मन्दिरलाई पुरानै संरचनामा निर्माण कार्य शुरु हुने बताएका छन् । उग्रतारा दर्शनका क्रममा मन्त्री देउवाले संघीय सरकारमार्फत क्रमागत योजनामा उग्रतारा मन्दिर पुर्ननिर्माण गराउन शुरु भएको बताएका हुन् ।

उनले भने –‘उग्रतारा मन्दिरको गुरु योजना अनुसार पुनः निर्माण गरिने छ ।’ उनले मन्दिरको व्यवस्थापनका लागि पूर्वाधारहरुको विकाससँगै मन्दिरलाई प्यागोडा शैलीमा पुर्ननिर्माण गरिने बताए । सबैको धार्मीक आस्थासंग जोडिएको उग्रतारा मन्दिरको बिकासका लागि आफु लागि रहेको उनको भनाई छ । आफु सानो छदाँ पनि मेला घुम्न आउने गरेको बताउदै मन्त्रीले ‘डडेल्धुराको संस्कृतिसंग जोडिएको उग्रतारा मेलालाई थप ब्यवस्थीत गरि यहाँको धार्मिक महत्व झल्काउने काममा लाग्ने छु ।’

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवती मन्दिरमा मंगलबार मेला ‘देहिजात’ सम्पन्न भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन हुने पूजाआजा सोमबार राति रतेडी र मंगलबार देहिजाँत भएको हो । मंगलबार बिहान उग्रतारा भगवतीको बिधिवत रुपमा पूजाआजा सम्पन्न भएपछि दिउँसोभर मेला लाग्ने गर्छ । उग्रताराका पुजारि पण्डित लोकराज भट्टका अनुसार अमरगढी नगरपालिकाका चार वटा गाउँबाट डोली सहित देउरो, पूजापोखल मन्दिरमा पुगाएर बिहान ४ बजेको समयमा बिधिवत रुपमा पूजाआजा गरिन्छ ।

मन्दिरको कंक्रिट हटाई पुरानो रुप दिन पुरातत्व विभागले १ करोड ६२ लाख रुपियाँ विनियोजन गरेको जानकारी दिदैं उनले मन्दिर पुरानै शैलीमा निर्माण गरिने बताए । पुरातत्व विभागलाई बिना जानकारी उग्रतारा मन्दिरमा सिमेन्ट र कंक्रिटको प्रयोग गरि पुनःनिर्माण गरे पछि पुरातत्व विभागले आफ्नो सम्पदा सुचिबाट हटाएको थियो ।

वि।सं। २०४१ सालमा पञ्चायति व्यवस्थाको सरकारले उग्रतारा मन्दिरलाई पुरातत्व विभाग सम्पदा सुचिमा र विश्व सम्पदा सूचीमा सुचिकृत भएको थियो । पछि कंक्रिट सहित निर्माण हुदाँ बिश्व सम्पदा सूचीबाट हटेको थियो । उग्रतारा मन्दिरको तस्बीर अंकित हुलाक टिकट समेत जारी गरेको थियो । पुरातत्व विभागकालई कुनै जानकारी नगराई मन्दिरमा कंक्रिटको प्रयोग गरि पुनःनिर्माण गरिए पछि वि।सं। २०५४ सालमा विभागले आफ्नो सम्पदा सुचिबाट हटाएको थियो ।