बैतडीका सिंहले प्राप्त गरे नगद एक लाख पुरस्कार
2023/12/07, 10:46
 
egt5rdu

डिसहोमले ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान अन्तर्गतको विजेता प्रताप सिंह थापालाई पुरस्कार सहित सम्मान  गरेको छ । बैतडीमा एक कार्यक्रमको आयोजना गरी थापालाई दशरथचन्द नगरपालिका बैतडीका मेयर पुष्कर राज जोशी, डिश मिडिया नेटवर्कको तर्फ वाट सिनियर सेल्स अफिसर कमल रिमाल र लक्ष्मीराज जाशीले पुरस्कार बापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।

कार्यक्रममा नगर प्रमुखका साथै दशरथचन्द नगरपालिका वडा नं।२ का अध्यक्ष सूर्य बहादुर थापा, सदस्य रज बहादुर वोहरा, वडा नं। ३ का अध्यक्ष अजव बहादुर पाण्डे, वडा नं।१ का अध्यक्ष बिष्णुदत्त भट्ट, योजना आयोग उपाध्यक्ष निर्मल पाण्डेय र स्थानीय प्रहरी चौकी प्रमुख चेतु खड्का लगायतका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

डिसहोमले दशैँ तिहारलाई लक्षित गर्दै उक्त योजना सार्वजनिक गरेको थियो । यस योजनामा ग्राहकहरूले उत्साहजनक सहभागिता जनाएको डिसहोमले बताएको छ । निकट भविष्यमा पनि कम्पनीले यस्तै खालका विभिन्न योजनाहरू ल्याउने र यसबाट ग्राहकहरूले लाभ उठाउन सक्ने विश्वास कम्पनीले लिएको छ ।