
बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका– ३ मा भिरबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका– ३ की अन्दाजी ३७ वर्षीया धर्मा विष्ट रहेकी छिन् । गाउँनजिकै रहेको बडाला, देउपानी मेलामा घाँस काट्न गएको वेला माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको वडा नम्बर ३ का अध्यक्ष जंगवीर रोकायाले जानकारी दिए ।
ढुंगा लागेर घाइते भएकी विष्टलाई उपचारका लागि कोल्टी प्राथमिक केन्द्र लेजाँदै गर्दा बाटोमै मृत्यु भएको अध्यक्ष रोकायाले बताए ।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/03, 12:01
2021/11/25, 12:15
2020/10/15, 10:02
2023/02/18, 1:34