छाडा चौपायाका कारण भीमदत्तनगरमा बढ्दैछ आक्रोश
2023/12/20, 11:03
 
cc

 छाडा चौपायाले आजित भएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाका कृष तथा अन्य सर्वसाधारण नगरपालिकाप्रति आक्रोशित हुन थालेका छन् ।

सर्वसाधारणको आक्रोश मंगलबार नगरपालिका परिसरमा पोखिएको छ । उनीहरुले छाडा चौपायासहित नगरपालिका घेराउ गरेका छन् ।छाडा चौपायाका कारण खेतीपाती जाग्राम बस्नु परेको भन्दै स्थानीय निकै आक्रोशित भएर नगरपालिका पुगेका हुन् । गाईगोरु लेखट्दै मंगलबार नगरपालिकाको गेटमा पुगेका आक्रोशित स्थानीय र नगर प्रहरीबीच चर्काचर्की नै भयो ।

व्यवस्थापनको माग गर्दै गाईगोरु लखेटेर नगरपालिका कार्यालयमा पुगेका स्थानीयले जनप्रतिनिधिलाई भेट्नसमेत नपाएको गुनासो गरेका छन् । नगर प्रमुख र उपप्रमुखलाई भेट्न खोजे पनि उनीहरुले कसैलाई भेटन पाएनन् ।

निर्माणाधीन मझगाउँ विमानस्थलमा विभिन्न क्षेत्रबाट ल्याएको गाईगोरु छाडिने र तिनै पछि स्थानीयका खेतबारीमा जाने गरेको पीडितहरु बताउँछन् । उनीहरुका अनुसार दिनभरि विमानस्थलमा बस्ने चौपाया राति खेतमा पस्छन् ।