शनिबार राति परेको चट्याङबाट बाजुरामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका १० बटुलसेराका ८ वर्षीय दिपेश बोहरा रहेका छन् । चट्याङ लागेर अरु दुई जना घाइते भएका छन् ।
घाइतेहरु ५५ वर्षीय सौर्या बोहरा र ९ वर्षीया बालिका आरक्षा बोहरा रहेका छन् । उनीहरुको नेपाली सेनाको विमानरबाट उद्धार गरी आइतबार काठमाडौं लगिएको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टी रेग्मीले जानकारी दिइन् ।
बडीमालिका नगरपालिकाको ढम्कने नजिक कालापाटन लेकमा खर्कमा सुतिरहेका उनीहरुलाई चट्याङ लागेको थियो । चट्याङ लागेर बालकको घटनास्थलमै ज्यान गएको थियो । घाइतेहरुलाई कालापाटनबाट स्थानीय र जनप्रतिनिधिले उद्धार गरी कोल्टी विमानस्थलसम्म पु¥याएका थिए । उनीहरुको उद्धारका लागि राति नै हेलिकप्टर आएको भए पनि खराब मौसमका कारण अवतरण हुन नसकेर फर्किएको उपप्रमुख रेग्मीले बताइन् ।