
कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्र २०८० सालको उत्कृष्ट ज्येष्ठ नागरिक संस्था घोषित भएको छ।

बुधबार काठमाडौंमा आयोजित ज्येष्ठ नागरिक दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले संस्थालाई १ लाख ५० हजार नगदबाट पुरस्कृत गरेको छ। संस्थाका संस्थापक शारदा चन्द ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यबाट सम्मानित भएकी छिन्।
संस्थाले कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतबाट वर्षौदेखि ज्येष्ठ नागरिक, महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ। पुरस्कृत भएपछि संस्थापक चन्दले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विगत १७ वर्षदेखि ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्दै आएको हाम्रो आश्रमलाई मूल्यांकन गर्नुहुने सिङ्गो मन्त्रालयको टीमप्रति आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छौं।’

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/17, 1:45
2024/11/29, 12:12
2021/05/01, 5:21
2021/11/23, 11:04
2020/09/05, 6:09