गन्नीगाड खोलाले १२ कल्भर्ट बगायो
2020/07/06, 7:10
 
pahiro

वर्षायाम सुरु भएसँगै बैतडीका विभिन्न स्थानमा बाढी पहिरोले समस्या निम्त्याएको छ । डिलाशैनी गाउँपालिका १ का विभिन्न स्थानमा गन्नीगाड खोलाले १२ कल्भर्ट बगाएको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तम नाथ योगीले जानकारी दिए ।

2

शुक्रबार र शनिबार राति राती भएको वर्षाका कारण खोलामा आएको बाढीले गाउँमा जाने कल्भर्ट बगाएको हो । वडा नम्बर १ को बडम, सेल्तडा, रामला, डुडेपानीलगायतका क्षेत्रमा पहिरो समेत खसेको स्थानीयहरुले बताएका छन् । डिलाशैनी  गाँउपालिका १ मा पहिरो खस्दा १५ घर जोखिममा परेका छन् ।

पहिरोले गाउँमा खानेपानीको पाइपसमेत बगाएको स्थानीय मानसिंह रानाले बताए । बाढीले खोला किनारका खेत पनि बगाएको उनले बताए । डिलाशैनी १ मा मात्रै ५० लाख बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ । अहिले पनि क्षतिको विवरण सङ्कलन गर्ने कार्य भइरहेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति योगीले बताए ।