विद्युत विवादले वडा कार्यालयमा तालाबन्दी
2020/07/06, 7:59
 
tala

विद्युत विस्तार सम्बन्धी विवाद हुँदा बैतडीको सिगास गाउँपालिका वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ । विद्युत विस्तारको विषयलाई लिएर स्थानीयले तालाबन्दी गरेका हुन्।

दुदिलाखानदेखि थडाकाडा रोड भएर विद्युत विस्तार गर्नुपर्ने स्थानीयको माग भएपनि वडाध्यक्षले अन्यत्रैबाट लाईन लैजान खोजेको भन्दै तालाबन्दी गरिएको हो ।

वडाध्यक्ष गगनसिंह धामीले भने स्थानीयकै माग अनुसार विद्युत विस्तार गर्न खोजेपनि बिना कारण अवरोध सिर्जना गरी तालाबन्दी गरिएको दावी गरेका छन् । उनले स्थानीयले विरोधका नाममा विरोध मात्र गरेको दावी समेत गरेका छन् ।