
डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । आदर्श गाउँपालिका ४ रोडिङकी ५६ वर्षीया गौरी भाट र ५० वर्षीय जङ्ग भाट भालुको आक्रमणबाट घाइते भएका हुन् ।

उनीहरुलाई आइतबार बुढीखेत भन्ने ठाउँमा खेतमा काम गरिरहेका बेला भालुले आक्रमण गरेको बताइएको छ । गम्भीर घाइते दुवै जनाको धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई स्थानीय जिडी पोलिक्लिकमा सामान्य उपचारपछि थप उपचारको लागि धनगढी पठाइएको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04