कञ्चनपुरमा झण्डै ५ लाखको अवैध सामान बरामद, एक युवक पक्राउ
2024/01/09, 11:06
 
ss

 कञ्चनपुरमा भारतबाट भन्सार छली ल्याएका अवैध सामानसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका(२ वाणीका २३ वर्षीय विजय चौधरी सोमबार राति भन्सार छलिका सामानसहित पक्राउ परेका हुन् ।

उनलाई लालझाडी गाउँपालिका(४ देखतभुलीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ८० हजार ५ सय मूल्य बराबरको माछा, चिनी, काले मामा नामक चुरन, मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सोही ठाउँबाट अन्दाजी १ लाख ५२ हजार ९ सय मूल्य बराबरको माछा, चिनी, आन्टी नामक स्विट सुपारी, मोटरसाइकल १ थानसमेत सोमबार राति प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

यस्तै, कृष्णपुर नगरपालिका(२ मछेली पुल नजिकबाट भन्सार छलिका अन्दाजी ३९ हजार ३ सय २० मूल्य बराबरको खेलौना, टफि, मसला लगायतका सामान र भीमदत्त नगरपालिका(१० विद्युत कार्यालय अगाडिबाट अन्दाजी १ लाख २० हजार ३ सय ४० मूल्य बराबरको किरानाका सामान, मोटर पार्टस, जुता, चप्पल, खाद्यान्न लगायतका सामान बरामद गरिएको छ । प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।