बालबालिकाको साथमा परशुरामका मेयर, नगर स्तरीय बाल क्लब सञ्जाल गठन
2024/01/09, 2:11
 
11

बालबालिकाहरुलाई बालविवाह, बालश्रम, इन्टरनेट दुरुपयोग, बालयौन दुर्व्यवहार र बालविवाहविरुद्ध अभिमुखिकरण सम्बन्धी नगरपालिका स्तरिय कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार डडेल्धुराको परशुराम नगरपालिकामा महिला बालबालिका ज्येष्ठ नागरिक शाखाद्वारा आयोजित कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममार्फत परशुराम नगरपालिकामा नगर स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको छ ।

प्रत्येक बालबालिकाको बाल सहभागिता तथा सर्वांगीण व्यक्तित्व विकास गर्ने उद्देश्यसहित नगर स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको मेयर भरत बडायर जोशीले जानकारी दिएका छन् । साथै बालमैत्री नगरपालिका आफैँमा व्यवहार र वातावरण भएको बताउदैं सबैले जिम्मेवारी बोधका साथ बालमैत्री नगर निर्माणको लागि सहयोग गर्न मेयर बडारले आग्रह गरे ।

परशुराम बाल क्लब संजालका अध्यक्षमा महेश जोशीलाई चयन भएका छन् । बालबालिकाहरुलाई बालविवाह, बाल श्रम, इन्टरनेट दुरुपयोग, बालयौन दुर्व्यवहार र बालविवाहविरुद्ध सम्बन्धी जानकारी दिइएको छ ।

कार्यक्रममा मेयर भरत बडायर जोशी, उपमेयर विमला वोहरा महता, प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी, ईलाका प्रहरी कार्यालय प्रमुख गगन भाट लगायतको सहभागिता रहेको थियो ।