
धनगढीको एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका १३ एकता टोलमा रहेको जंगबहादुर चौधरीको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको हो ।

हिजो साँझ अचानक विद्युतको तार सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट फर्मभित्र रहेका ब्रोईलर कुखुराका चल्ला, दाना, भुसा, चारो खुवाउने भाँडा लगायतका सामानसहित छ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/14, 9:36
2022/12/01, 12:17
2021/06/26, 5:11